पृथ्वी सुब्बा गुरुङ

पृथ्वी सुब्बा गुरुङ

नेकपा एमाले

निर्वाचन क्षेत्र: लमजुङ-२

सेयर गर्नुहोस

Total Hits: 6.2 K

नेकपा एमालेका पोलिटब्यूरो सदस्य पृथ्वी सुब्बा गुरुङको जन्म वि.स.२०१४ साल फागुन १ गते गिलुङ् ८, लमजुङमा भएको हो । गंगाप्रसाद र चिनी गुरुङका छोरा पृथ्वी सुब्बा गुरुङ विज्ञानमा स्नातक हुनुहुन्छ ।

२०३४ सालदेखि राजनीतिमा लागेका गुरुङले २०३७ सालमा तत्कालिन नेकपा मालेको सदस्यता लिनुभएको थियो । अघिल्ला संसदीय निर्वाचनमा दुई पटक पराजित भएका गुरुङ २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा लमजुङ क्षेत्र नम्वर २ बाटै  विजयी हुनुभयो ।

गुरुङले १९ हजार ५ सय ८३ मत प्राप्त गर्नुभएको थियो भनें उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिलबहादुर घर्तीले १३ हजार ६ सय ९९ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै एकीकृत नेकपा माओवादीका मधु अधिकारीले ९ हजार ४ सय ९५ मत प्राप्त गर्नुभएको थियो । 

नेकपा एमालेको केन्द्रीय कार्यालयको सचिव समेत रहेका गुरुङ ०६२–०६३ को जनआन्दोलनपछि गिरिजाप्रसाद कोईरालाको नेतृत्वमा बनेको सरकारमा पर्यटन तथा संस्कृति मन्त्री हुनुभएको थियो । 

आदिवासी जनजाति महासंघको समेत नेतृत्व गरेका गुरुङ माथि केही समय पार्टीभित्र जातीय राजनीतिको गुटबन्दी गरेको आरोप समेत लाग्यो । तर अशोक राई, राजेन्द्र श्रेष्ठ लगायतले पार्टी परित्याग गरे पनि उहाँले त्यसलाई अस्वीकार गरेर नेकपा एमालेको नेतृत्वमै सक्रिय रहनुभयो । 

यसअघिको संविधानसभामा आदिवासी जनजाति सभाषद्ले बनाएको ककसको उहाँ अध्यक्ष पनि हुनुहुन्थ्यो ।  

प्रतिक्रिया

सहभागी हुनुहोस्

Submit Report

आफ्ना कुरा भन्न माथिको फेसबुक, ट्वीटर, एसएमएस अथवा आईभीआरको संकेत चिन्हमा क्लिक गर्नुहोस् ।

परदेशीको आवाज

सबै हेर्नुहोस्

जनमत

Loading...

तस्वीर ग्यालरी सबै हेर्नुहोस्

हाम्रो फेसबुक पेज